१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक



 

काठमाडौँ
अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएको छ । विदेशमन्त्री मार्को रुबियोले आदेश जारी गर्दै विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएका हुन् । यस आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु रहेको बताइएको छ ।

रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई आदेश जारी गर्दै भने ( उनीहरूले विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ता तालिका बनाउने छैनन्, किनभने ट्रम्प सरकारले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अनुसन्धानलाई कडा बनाउनेछ ।

उनले थप भने( तत्काल प्रभावबाट, कन्सुलर खण्डले थप निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज आगन्तुक (एम, एम र जे) भिसाका लागि नयाँ अन्तर्वार्ताको अनुमति दिने छैनन् । पहिले निर्धारित अन्तर्वार्ताहरू हुन सक्ने भए पनि, सूचीमा नयाँ अन्तर्वार्ताको मिति तय नहुने आदेशमा स्पष्ट गरिएको छ ।

यो रोक एफ, एम र जे भिसा कोटीहरूमा लागू हुने छ, जसले अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरू र एक्सचेन्ज आगन्तुकहरूलाई समेट्छ । यी कार्यक्रमहरू मार्फत आउने विद्यार्थीहरू अमेरिकी सुरक्षाको लागि खतरा हुन सक्छन् वा यहूदी विरोधी वातावरणलाई बढावा दिन सक्छन् भन्ने दाबी गरिएको छ ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने सामग्री पत्ता लगाउन इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा पोस्ट, लाइक, टिप्पणी र सेयरहरूको अनुसन्धान गर्न अधिकारीहरूलाई पनि आदेश दिएको छ ।

द गार्जियनका अनुसार, अधिकारीहरूले मार्चदेखि प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनमा संलग्न विद्यार्थीहरूको सामाजिक सञ्जालको अनुसन्धान गरिरहेका छन् । यद्यपि, आदेशले भविष्यमा सामाजिक सञ्जाल अनुसन्धानमा के हेरिनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरेको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।