काठमाडौं
तत्कालीन राजा विरेन्द्र शाहको परिवारको हत्याकाण्ड भएका आज २४ वर्ष पुरा भयो ।
जनताका लोकप्रिय उनै राजाको सम्झनामा राजधानीको कमलादीस्थित गण्ेश मन्दिरमा श्रद्धाञ्जली सभाको कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा पुर्वयुवराज्ञी हिमानी, पुर्व नवयुवराज हृदयन्द्र शाहलगायत सहभागी भएर दिप प्रज्वलन गरेका छन् ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलगायत नेताहरु समेत सहभागी थिए । मन्दिरपरिसरमा ठूलो संख्यामा समर्थकको सहभागीगिता थियो ।
कार्यक्रममा नाराबाजी नलगाउन भनिएको थियो । तर सभापछि केही व्यक्तिले नारावाजी गरेपछि नजिकै माओवादी भातृसंगठन वाईसियलको कार्यक्रम स्थालबाट ढुंगा प्रहार भएको थियो ।
राजपरिवारको वंशनास भएको त्यो विर्सनलायक घटनापछि राजदरवारभन्दा बाहिर पहिलो पटक यो कार्यक्रम भएको हो । यस पटक सरकारले दरवार परिसरमा श्रद्धाञ्जली कार्यक्रम गर्न निषेध गरेको थियो ।
लेन्स : ललितखबर
प्रतिक्रिया