१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ सिरिजमा विजयी



 

नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।

स्कटल्याण्डले नेपाल लाई दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९।५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाएका थिए । त्यस्तै कुशल भुर्तेलले ५३ , गुलशन झाले ४२, भिम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २(२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

यो जितपछि नेपालको लिग(२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । त्यसैगरी स्कटल्याण्डको १७ खेलमा२० अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।