३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


केदारनाथ जाँदै गरेको हेलिकप्टरमा समस्या , सडकमै अवतरण



 

तीर्थयात्री बोकेर केदारनाथ प्रस्थान गरेको हेलिकप्टरमा समस्या आएपछि सडकमै आपतकालिन अवतरण गरिएको छ ।

भारतको उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण गरिएको हो । केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर पाँच यात्रु लिएर केदारनाथ जाँदै थियो ।

उडान भरेपछि हेलिकप्टरमा प्राविधिक गडबडी पछि पाइलटले यसलाई सडकमा सकुशल अवतरण गराएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अवतरणको हेलिकप्टरको पछिल्लो भाग टुटेको थियो । साथै सडकमा एउटा कार मा क्षति पुगेको बताइएको छ ।

हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित रहेका छन् भने पाइलटलाई सामान्य चोट लागेको बताइएको छ । यस घटनाले हेली शटल सेवालाई कुनै असर नपारेको उल्लेख छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।