३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्री लालीगुराँस सहकारीको उठेन ऋण, १४ महिनापछि ८० लाख मात्रै फिर्ता गर्ने तयारी



ललितखबर
ललितपुर पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी २०८० फागुनमा समस्याग्रस्त घोषणापछि बन्द भयो ।
सहकारीको सबै कागजात समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले कव्जामा लिएर अनुसन्धान सुरु गर्‍यो ।
सहकारीको सम्पती खोजतलास र ऋण उठाउने क्रममा समिती असफल देखिएको छ ।
समितीका सदस्य ध्रुव आचार्य सहकारीको ७ अर्व १७ करोड रुपैयाँ सम्पती देखिएको भए पनि अहिलेसम्म ८० लाख मात्रै ऋण असुली भएको ललितखबरलाई जानकारी दिएका छन् ।

समिती सदस्य आचार्य असारभित्रै बचतकर्ताको रकम फिर्ता गर्ने तयारी भइरहेको बताउछन् । भन्छन्, ‘हामीले थोरै रकम भएका बचतकर्ताको पैसा फिर्ता गर्ने गरेका थियौं । अब सबै बचतकर्तालाई दामासाहीले बराबर पैसा दिन्छौं ।’ समितीले निरन्तर ताकेता गरेपनि ऋणीले पैसा फिर्ता गर्न मानेका छैनन् ।

समितीले आफूले जम्मा गरेको रकमको मागदाबी गर्दै निवेदन दिन सूचना जारी गरेकोमा हालसम्म ४ हजार ५ सय २८ जनाले मात्रै बचत फिर्ताको माग गरेका छन् । सहकारीमा करिव २२ हजारभन्दा धेरै बचतकर्ता रहेकोमा थोरैले मात्रै फारम भरेका छन् ।

जग्गा लिलामीको तयारी
सहकारीको नाममा ४२ वटा जग्गा फेला परेको छ । ती सबै जग्गाको मुल्याङ्कनको काम भइरहेको छ । यही साउन महिनाभित्र जग्गाको लिलामी प्रकाशित गरेर समितीले हिसाव फरफार गर्ने समितीले योजना बनाइरहेको छ । जग्गा, डेरी विद्यालयलगायत सम्पती लिलामीपछि केही रकम जम्मा हुने र सो रमक समेत दोश्रो चरणमा वितरण गर्ने समितीको तयारी छ ।
ऋण उठाउन किन भइरहेको छ समस्या ?
सहस्याग्रस्त सहकारीको ऋण उठाउन ठूलो समस्या देखिएको छ ।
समितीको अधिनमा रहेको सहकारीका ऋणीले व्याज र हर्जना तिर्न नपर्ने हुँदा पछिल्लो समय उनीहरु पैसा तिर्न अटेर गरिरहेका छन् । सोही पैसा बैकमा राखे व्याज खान पाउने तर ऋण नतिरे कुनै कारवाही नपर्ने हुँदा ऋणीलाई हाइसन्चो छ । धेरै ऋणीहरु समितीमा आउने हिसाव गर्ने र फर्केपछि लामो समय सम्पर्कविहीन हुने गरेका छन् ।
ऋण उठाउन ज्यादै कठीन भएपछि अब ती ऋणीलाई व्याज र हर्जना लगाउने समितीले योजना बनाइरहेको बुझिएको छ । ऋणीसँग लिएको व्याज बचतकर्तालाई समेत दिने विषयमा समितीमा छलफल भइरहेको छ ।
अर्वौ रकम हिनामिना
सहकारीको अर्वौ रकम हिनामिना भएको पाइएको छ । समितीका सदस्य आचार्यका अनुसार १ अर्ब ७८ करोड ऋण लगानी कहाँ छ भन्ने समितीले पत्ता लगाउन सकेको छैन । चितवनमा २० विघा जमिन रहेको भनेर प्रचार गरिएको भए पनि ७ विघा मात्रै फेला परेको उनले बताएका छन् ।

समिती असारभित्रै १९ वटा सहकारीको २२ करोड रुपैयाँ असारभित्रै फिर्ता गर्ने योजनामा छ । पछिल्लो समय समितीले कुबेर बचत तया ऋण सहकारी, स्ट्याण्डर्ट मल्टिप्रर्पोज सहकारी र चार्टड बचत तथा सहकारी संस्थाको सबै ऋण असुल गरेर बचत फिर्ता सम्पन्न गरेर समितीले हिसाव साफसाफ गरेको छ । अन्य दुई सहकारीको सबै हिसाव फरफार गर्ने क्रममा रहेको छ ।

 

 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।