३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गभर्नर पौडेलको सम्पत्तिः भैँसेपाटीमा घर, ४५ तोला सुन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।

भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् ।
साथै, उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् ।

पौडेलको नाममा सानिमा बैंकमा २ लाख ४४ हजार १७६ कित्ता साधारण शेयर छ । साथै, सानिमा माई हाइड्रोपावरमा ९२ हजार ५७९ कित्ता साधारण तथा सानिमा मिडल तमोरमा १ लाख ८८ हजार कित्ता प्रमोटर शेयर रहेको सम्पति विवरणमा उल्लेख छ ।

अन्य विभिन्न कम्पनीमा पनि शेयर रहेको उनले उल्लेख गरेका छन् ।

पत्नी र आफ्नो खातामा रहेको बैंक मौज्दातको विवरण पनि उनले उल्लेख गरेका छन् । साथै, श्रीमतीको नाममा सुजुकी कम्पनीको एउटा कार पनि रहेको उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस्, सम्पत्ति विवरण

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।