३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बागमती प्रदेशको बजेट : काठमाडौँमा ११.९, ललितपुरमा ६.७ र भक्तपुरमा ४.८ प्रतिशत विनियोजन



मकवानपुर

बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा सबैभन्दा धेरै काठमाडौंमा परेको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमा कुल ११.९ प्रतिशत बजेट काठमाडौँ जिल्लामा परेको छ भने ललितपुरमा ६.७ र भक्तपुरमा ४.८ विनियोजन गरिएको छ ।

कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

दोस्रो धेरै बजेट पर्ने प्रदेश राजधानी समेत रहेको जिल्ला मकवानपुरमा १०.६ प्रतिशत बजेट विनियोजन रहेको छ ।
यस्तै तेस्रो स्थानमा भने नुवाकोट र काभ्रे जिल्लामा कुल बजेटको १०/१० प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
यसै गरी सिन्धुपाल्चोक जिल्लामा ८.४ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्री समेत रहेका दोलखा जिल्ला भने विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्रीले आफ्नो जिल्लामा सबै बजेट लिएर गयो भन्ने आरोप रहेको समयमा मन्त्रीका जिल्ला भने बजेट परेको जिल्लामा पाँचौँ स्थानमा रहेको छ ।
यस्तै चितवनमा ७.५ प्रतिशत,सिन्धुलीमा ६.८ प्रतिशत, प्रतिशत, रामेछाप जिल्लामा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ ।
बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय , पर्यटन मन्त्रालय , खानेपानी मन्त्रालय, अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार , चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार , दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार, नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार , भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख , रसुवामा ९२ करोड ५२ लाख ९० हजार, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख, सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।