२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट: नेपाल सेमिफाइनलमा



काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार समूह ‘ए’ अन्तर्गत भुटानलाई २९८ रनले पराजित गर्दै नेपालले लगातार चौथो जित निकालेको हो।

नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनायो। रौनक श्रीवास्तवले १६८ रनको शानदार शतक प्रहार गरे। जवाफमा भुटान ६० रनमै समेटियो। कप्तान विपिन शर्माले ४ विकेट लिए।

नेपाल अब बुधबार समूह ‘बी’ उपविजेता मलेसियासँग सेमिफाइनलमा खेल्नेछ। नेपाल यसअघि तीनपटक उपाधि जितिसकेको डिफेन्डिङ च्याम्पियन हो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।