आफूले निर्माण गरेको चलचित्रबारे नराम्रो लेखेको भन्दै निर्माता रोहित अधिकारीले साइबर ब्युरो भोटाहिटीमा निवेदन दिएका छन्।
मंगलबार साइबर ब्युरो पुगेर उनले आफ्नो चलचित्र ’माइतीघर’ बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गरेको भन्दै निवेदन दर्ता गराएका हुन्।
’फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०÷२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको छु,’ उनले भने।
साइबर ब्युरोले आज निवेदन दर्ता भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान हुने जानकारी दिएको छ ।
यसै दशैंको छेको पारेर प्रदर्शनको तयारीमा रहेका चलचित्रहरुबीच लफडा सुरु भएको छ । दशैंमा बलिदान,माइतीघर र हरिबहादुरको जुत्ता प्रर्दशनको तयारीमा छन् । चलचित्रकर्मीहरुको झमेलामा हरिबहादुरको जुत्ताको टिम भने सामेल छैन ।
चलचित्रको विषयलाईं लिएर निर्देशक सन्तोष सेन र अर्का निर्माता दिपकराज गिरी सामाजिक सञ्जालमा वाकयुद्धमा सामेल छन् ।
चलचित्र प्रर्दशनको समय नजिक भइरहेको सन्दर्भमा एकातिर प्रतिष्ठाको लडाई सुरु भएको छ । भनेको धेरैले चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा प्रचार रणनीति अन्र्तगत फण्डा श्रृजना गरिएको आकलन गरेका छन् ।







प्रतिक्रिया