३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा पछिल्ला तीन वर्षदेखि मनाइदै छ इन्द्रजात्रा



ललितपुर
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी मनाइने परम्परागत सांस्कृतिक पर्व इन्द्रजात्रा आज ललितपुरमा पनि सम्पन्न गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा काठमाडौँ र भक्तपुरमा ऐतिहासिक कालदेखि चलिआएको भए पनि ललितपुरमा भने पछिल्ला तीन वर्षदेखि मात्रै औपचारिक रूपमा मनाउन थालिएको हो ।

इन्द्रजात्रा सञ्चालन उपभोक्ता समिति र ललितपुर महानगरपालिका–१ को सहकार्यमा यो वर्षको इन्द्रजात्रा विविध कार्यक्रमसहित सम्पन्न गरिएको हो । ललितपुर– १ का वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार उपत्यकाका तीनवटै सहरमा प्राचीन समयदेखि मनाइँदै आइएको यो पर्व ललितपुरमा केही समय हराएको थियो । विसं २०८१ देखि वडाले इन्द्रजात्रालाई पुनः सुरु गर्दै परम्पराको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेलेको उनले बताएका छन् ।

जात्राको प्रारम्भ बिहान १० सय ८ जना कुमारीे पूजा गरेर गरिएको थियो । त्यसपछि दिउँसो २ बजेदेखि खट जात्राको परिक्रमा गरिएको थियो । सङ्कटमार्ग मन्दिर परिसरबाट सुरु भएको जात्रा गुसिङ्गाल चोक, सङ्कटा मार्ग हाइट, लिलाघर, कुमारी मन्दिर, क्याम्पियन कलेज, नानीचा चोक, गणेश मन्दिर, अमिर शिशु स्कुल, बिगमार्ट, तीन खम्बा चोक, भजन मण्डल हुँदै पुनःमन्दिर परिसरमा पु¥याएर सम्पन्न गरिएको वडाध्यक्ष तण्डुकारले जानकारी दिएका छन् ।

स्थानीय बासिन्दाले जात्रा पुनः सुरु गरेर सांस्कृतिक सम्पदाको संरक्षणमा वडाले उदाहरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गरेका छन् । यस्ता जात्राहरूले समुदायमा एकता, संस्कृति र पहिचानको संरक्षणका साथै पुस्तान्तरण गराउने स्थानीय उमेश तण्डुकारले बताएका छन् ।

आइतबार मिप्वा लाखेनाच र त्यसपछिको परिक्रमा पश्चात् यस वर्षको इन्द्रजात्रा समापन गरिनेछ । वडाध्यक्ष तण्डुकारले आगामी वर्षहरूमा इन्द्रजात्रालाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।