२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बडादशैंमा चार चलचित्र एक साथ प्रर्दशनमा आउदै



काठमाडौं
पछिल्लो समय देश अन्यौलमा छ । राजनीतिक परिवर्तनपछि चारतिर अस्तव्यस्त छाएको बेलामा चलचित्र क्षेत्रमा भने फरक दृश्य देखिएको छ ।
केही समयअघि तीन चलचित्र माइतीघर, हरिबहादुरको जुत्ता र बलिदान दशैंको फुलपातीबाट प्रर्दशनको मिती तय भएपनि जेनजीको आन्दोलनका कारण गएको भदौं २७ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र अभिमन्यू पनि थपिएको छ ।
चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाली भाषामा असोज १३ गते (फूलपातीको दिन)देखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।”
यस अघि मिती घोषणा गेर जोडजोडका साथ प्रचार गरिरहेका चलचित्रहरु चलचित्र माइतीघर, हरिबहादुरको जुत्ता र बलिदान ट्रेलर सार्वजनिक गरेर प्रचारमा होमिदैछन् ।
जेनजीको आन्दोलनपछि भड्कोको हिंसाका कारण देशका विभिन्न स्थानमा भएको आगजनीका कारण केही चलचित्रहरुहरु समेत नलेर नष्ट भएका छन् ।
चलचित्र प्रर्दशक समेत अन्यौलमा रहेको बेला एक साथ प्रर्दशन हुन लागेका चार चलचित्रको व्यापार कस्तो रहने हो भन्ने समयले नै बताउला ।

 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।