२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र ‘मिराइ’को दर्शक र समीक्षकबीच चर्चा



काठमाडौं
तेजा सज्जाको नयाँ एक्सन चलचित्र मिराइ दर्शक र समीक्षकबीच निकै चर्चा कमाइरहेको छ ।
कार्तिक घाट्टमनेनी निर्देशित यो चलचित्रमा मञ्जु मनोज खलनायकको भूमिकामा देखिएका छन्। यसका साथै रितिका नायक, श्रिया सरन, जगपति बाबु र जयरामजस्ता कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिन्छन्।

चलचित्रले पहिलो दिन राम्रो सुरुवात गरेको थियो र दोस्रो र तेस्रो दिनको आम्दानीमा उल्लेखनीय वृद्धि देखियो। चलचित्रले बक्स अफिसमा आफ्नो पकड विस्तार गर्दै पहिलो आइतबार उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

सोमबार, हिन्दी भर्सनको ‘मिराइ’ ले भारतीय हलहरूमा ९.७४% को कुल ओक्युपेन्सी दर कायम गरेको थियो । बिहानको शोमा ५.६४% को कम ओक्युपेन्सी देखिएको भए पनि दिउँसोको शोमा ओक्युपेन्सी बढेर १०.९२% पुग्या े। साँझ र रातको शोमा प्रदर्शन अझ राम्रो हुँदै १२.६५% सम्म पुगेको थियो ।

च्लचित्रले तेलुगु भर्सनमा भने अझ राम्रो प्रतिक्रिया पायो । यसले सोमबार ३१.६६% को कुल ओक्युपेन्सी दर हासिल ग¥यो। बिहानको शोमा २१.८१% बाट सुरुवात गरेको चलचित्र दिउँसोमा ३४.४७% मा पुग्यो। साँझमा ३८.७१% र रातको शोमा ४७.८९% ओक्युपेन्सी कायम गरेको छ ।

कार्तिक घाट्टमनेनी नै चलचित्रका निर्देशक र छायांकन निर्देशक हुन् । चलचित्र ‘मिराइ’मा तेजा सज्जाले ‘सुपर योधा’को भूमिका निर्वाह गरेका छन् जसलाई नौवटा पवित्र ग्रन्थको रक्षा गर्ने जिम्मेवारी दिइन्छ । यी ग्रन्थमा रहेका अलौकिक शक्तिहरूलाई कब्जा गर्न खलनायक ‘ब्ल्याक स्वोर्ड’ र उसको दुष्ट शक्तिहरू लागिपरेका हुन्छन् ।

मनोज मञ्चु चलचित्रका मुख्य खलनायक हुन् । तान्जा केलर, रितिका नायक, जगपति बाबु र श्रिया सरन पनि चलचित्रमा देखिएका छन् ।

उच्च–गुणस्तरीय भिजुअल इफेक्ट र जबरदस्त एक्सन दृश्यहरूले चलचित्रलाई अझ आकर्षक बनाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।