धारापानी गाउँ र गुर्जा हिमाल
म्याग्दी, १२ कात्तिक
म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित धारापानी गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । धारापानी धौलागिरि चक्रीय र गुरील्ला पदमार्गमा समेटिएको छ । लेन्स :सन्तोष गौतम/रासस
१३ कात्तिक । बर्षा यामको हिलोमैलो हटेको छ । दशैं तिहार र छठलगायतको पर्वहरु सुरुभएसँगै मौसम सफा भएको छ ।
पोखरा महानगरपालिका–३३ स्थित जुके पाखाबाट बिहीबार बिहान देखिएको सुन्दर हिमशृङखला । लेन्स : कृष्ण दवाडी/रासस
आजकल सरद यामको सुरुवालसँगै चिसो चिसो मौसम छ । उत्तरतर्फका हिमाल मुसुक्क हास्न थालेको छ ।
दसैँको अवसरमा पोखरा महानगरपालिका–११ काँहुडाडामा पिङ खेल्दै महिला । लेन्स : राधिका कँडेल\रासस
यिनै हिमाल हेर्न देशदेशावरबाट पर्यटक आएका छन् । डाँडापाखाका होटल भरिभराउ भएको समाचार सुनिन थालेको छ । प्रस्तुत छ – राष्ट्रिय समाचार समितीका पत्रकारहरुले देशका विभिन्न भागबाट खिचेका तस्विरहरु :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधारशिविरमा रहेको पञ्चकुण्ड ताल । लेन्स : सन्तोष गौतम/रासस
पर्वतको मोदी गाउँपालिका राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङखला छाँया । मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङखलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन । लेन्स : लक्ष्मीप्रसाद सापकोटा/रासस
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भञ्ज्याङबाट देखिएको रसुवा जिल्लामा पर्ने लाङटाङ हिमालको दृश्य ।लेन्स : हरिराम भेटुवाल/रासस
म्याग्दीको धवलागिरी गाउँपालिका कौछिनीदेखि देखिएको काउसीबोटको डाडो र पृष्ठभूूमिमा रहेको गुुर्जा हिमाल । लेन्स : सन्तोष गौतम/रासस
म्याग्दीको धवलागिरी गाउँपालिका कौछिनीदेखि देखिएको काउसीबोटको डाडो र पृष्ठभूूमिमा रहेको गुुर्जा हिमाल । लेन्स : सन्तोष गौतम/रासस
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट बिहीबार बिहान देखिएको हिमशृङखला । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । लेन्सः कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति :
१३ कार्तिक २०८०, सोमबार ३ :
०९ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया