२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल र कुबेतबीचको दोस्रो चरणको छनोट खेल भूटानमा गर्न प्रस्ताव


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

२१ कार्तिक ०७६ काठमाडौं । नेपाल र कुबेतबीचको कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो । सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ ९एएफसी०ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । अधिकतम प्रयत्नका बाबजुद नेपाल र कुबेतबीचको खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफीसमेत मागेको छ ।

विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ । यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ११ : १९ बजे