१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तत्कालीन सेन्चुरी बैंकका पूर्वसिइओद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ



१५ फागुन । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने, सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जनाएअनुसार प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरिएको हो।

पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्।

सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए। कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि न्यौपाने र गौतमलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।