५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर



२२ चैत। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहितलाई प्रतिवादी बनाइएको छ। २४ जना नेपाली र आठ विदेशी प्रतिवादी छन्।

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिराम पाण्डे, तत्कालीन सहसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, जीवनप्रकाश सिटाैला, अच्युतराज पहाडी, व्यवसायी निमानुरू शेर्पालगायत प्रतिवादी छन्।

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको ठहर संसद्को सार्वजनिक लेखा समितिले गरेको थियो। १७ पुस ०७५ मा समितिले छानबिन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खरिद प्रक्रियामा संलग्न तीन पूर्वमन्त्री, तीन सचिव, निगमका तत्कालीन महाप्रबन्धकलगायतमाथि थप छानबिन गरी कारबाही गर्न समितिले अख्तियारलाई निर्देशन दिएको थियो।

दोषीको नामै किटान गरेर दिएको वाइडबडी खरिद प्रकरणको पनि अख्तियारले लामो समय छानबिन नगरी फाइल अड्काएर राखेको थियो। अख्तियारले विशेष अदालतमा बुझाएको आरोपपत्र नै २३३ पेज लामो छ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।