२३ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ



पोखरा
९ जेठ । पोखरा महानगरपालिका–३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका–५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका–२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन बिक, २७ वर्षीय संजिप सुनार, ५२ वर्षीय यम बहादुर चौरेली तथा ४९ वर्षीया कृष्ण कुमारी चौरेली, झापा भद्रपुर नगरपालिका–३ बस्ने ४० वर्षीय राजिव प्रसाई, रूपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया बिष्णु बोहरा रहेका छन् ।

सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले सहकारीका कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।