१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मकवानपुरको राक्सिराङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार जना बिरामी



मकवानपुर
९ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उहाँकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।