१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारीको रकम हिनामिनाको आरोपी जीबी राईलाई नेपाल ल्याउन प्रयास गरिरहेको गृहमन्त्रीको भनाई



काठमाडौँ
१० असार । गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेका जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् ।

उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।