३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुझाव माग्दै वचत संघ


२ चैत्र २०७५, शनिबार  

0
Shares

लपु खबर संवाददाता
लगनखेल, ललितपुर
१ चैत्र ०७५
ललितपुर वचत तथा ऋण सहकारी संघले आगामी ४ बर्षे रणनीतिक योजना तर्जुमा गर्नका लागि सुझाव संकलन शुरु गरेको छ । सहकारीकर्मी रामहरी बजगाँईको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएपछि रणनीतिक योजना बनाउनका लागि सुझाव संकलन थालिएको हो ।
संघका अध्यक्ष रामहरी वजगाँईले भने,‘एक महिनासम्म सुझाव संकलन गरिनेछ । सुझावहरु आएपछि संचालक समिती, लेखा समिती र कर्मचारीसँगै बसेर सबै सुझावलाई मध्यनजर राख्दै ४ वर्षे रणनीतिक योजना बनाउनेछौं । योजनासँगै बार्षिक क्यालेण्डर बन्नेछ ।’
राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष दिपक वास्कोटाले ललितपुर वचत संघले सदस्यहरुसँग सुझाव संकलनपछि हुवहु कार्यन्वयन गर्न शुभकामना दिए । सहकारीमा काम गर्ने विज्ञहरु सँँग बसेर लामो वहसद्वारा योजना बनाउन सुझाव दिए । उनले थपे, त्यसले संसारलाई नै अर्कर्शित गरेर काम गर्न सकोस् । आइसिएले यो कामलाई पछ्याउन सक्ने गरी काम गर्न सक्नु पर्ने उनको धारणा थियो ।
आईसिएकी ग्लोवल वोर्ड डाइरेक्टर ओमदेवि मल्लले पारदर्शिता र कुशल प्रशासक रहेको हुँदा ललितपुर वचत संघको योे कार्यकाल सफल हुने विश्वास व्यक्त गरिन् । तालिम र शिक्षाले सहकारीको ज्ञान दिन जरुरी रहेको तर्क गर्दै अगाडि भनिन्,‘सहकारीले गोष्टी,सेमिनार र अध्ययन भ्रमणमा जोड दिनुस् । शिक्षा र ज्ञानले नै सहकारीलाई अझ राम्रो बनाउन सहयोग गर्छ ।’


नेपाल बचत तथा केन्द्रिय सहकारी संघका अध्यक्ष डिवि बस्नेतले कार्यसमितीले प्रतिबद्धता गरेको काम पुरा हुने विस्वास व्यक्त गरे ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले हरेक किसिमका समस्याहरु संकलन गरेर आफूले समाधान गर्न सके समाधान गर्न र नसके सम्बिधित निकायमा पु¥यााउन आग्रह गरे । उनले भने सहकारीहरुलाई आत्मनिर्भर बनाउनका लागि ऐनलाई कार्यान्वन गर्न,सहजीकरणका कुरा,लेखाप्रणाली लागू गर्नजस्ता कामलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे । उनले थपे,‘यो सक्षम नयाँ नेतृत्वले यी सबै काम गर्ने हैसियत राख्छ ।’
संघका सञ्चालक रुपेश तिमल्सिनाले भने ‘२ सय वटा फारम बाँडेका छौं । सबै सुझाव संकलन हुनेछ । सुझाव संकलनका लागि सबै सदस्य सहकारीमाझ हामी पुग्नेछौं ।’

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १२ : ५० बजे