काठमाडौँ
३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितीको बैठकले पेट्रोलको ४ र डिजलको ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
पछिल्लो समय पेट्रोलको मूल्य १ सय ६४ र डिजल र मट्टीतेतको मूल्य १ सय ५४ रुपैयामा कारोबार भइरहेको थियो ।
निगमले मट्टीतेल खाना पकाउने एलपि ग्याँस र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।
३२ असार २०८१, सोमबार
112
Shares








प्रतिक्रिया