२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रधानमन्त्री ओलीले नेपाल भारतबीच हुने खेल हेर्ने



 

२३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिपुरेश्वरस्थित नेपाल भारतबीच काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन्।
कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।
बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।