३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजार २६ सय बिन्दुमा झर्‍यो,९ अर्बको कारोबार



२४ भदौ । सोमबार बजार ५५.८६ अंकले घटेको छ । आइतबार २७ सयको बिन्दुमा रहेको सेयर बजार आज २६४६.०३ विन्दुमा कायम भएको छ । आज कारोबार रकम पनि ९ अर्ब ४३ करोडमा झरेको छ ।

सोमबार ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।