१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य हालसम्मकै उच्च



५ कात्तिक । नेपाली बजारमा दैनिक सुनको भाउले कीर्तिमान कायम गरिरहेको छ।

हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।