२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


काठमाडौँ आइपुगे प्रख्यात क्रिकेटर ब्रायन लारा



एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन्

काठमाडौँ
वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ ओर्लिएका हुन् । उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे ।

लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आएका हुन् । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहनुभएका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेल्नुुभएको छ । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाउनुुभएको थियो । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन् ।

उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन् । लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए ।

त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका छन् । एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।