३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बहुउद्देश्यीय सहकारी संघ आठ बर्षमा


२१ मंसिर २०७६, शनिबार  

0
Shares


२१ म्ंसिर ०७६, ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेको आठौ स्थापना दिवस र सातौ वाषर््िाक साधारणसभा सम्पन्न भएको छ । सभामा संघले २ करोड चुक्ता पुजी रहेको जनाएको छ । करिब ५० करोड रुपिया सम्पत्ती, ४७ करोड निक्षेप, १७ करोड रुपिया लगानी रहेको जानकारी गराउदै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चालु आबबाट संघ नाफामा गएको बताउनुभयो । उहाले २५ अर्ब भन्दा बढीको पूँजी परिचालन भएको बहुउद्धेश्यीय सहकारी संघ संस्थाको दिर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउदै त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराउनुभयो ।
देशभर ४ हजार ३ सय ७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये केन्द्रीय संघ अन्तर्गत १२ संघ सहित ३ सय ३४ संघ संस्था संघमा आबद्ध छन् । अध्यक्ष भण्डारीले संघ अन्तर्गत करिब ४५ हजारलाई रोजगारी दिएको बताउनुभयो । संघले सम्पत्ती शुद्धीकरण तालिम संचालन, विनियमाली तयारी गरी लागु, निरीक्षण र अनुमगमनलाई निरन्तरता दिएको जानकारी गराउनुभयो । सरकारले ऐनमा केही परिमार्जन गरी सहकारीमैत्री ऐन ल्याउनुपर्ने आवश्यक रहेको उहाको भनाई थियो । साधारण सभामा संघले चारवर्षिय रणनितिक योजना सार्वजनिक गरेको छ ।
६ बुँदे रणनीतिक लक्ष्यमा सदस्यता अभियान, पूजी, वचत, ऋण कारोबार तथा लगानीमा बृद्घि, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवा जस्ता विभिन्न सेवाहरुमा अभिबृद्घि, मानव स्रोत व्यवस्थापन तथा क्षमता अभिबृद्घि, पूर्वाधार विकास र संस्थागत सुसासन रहेका छन् । सभाको उद्घाटन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवरण मन्त्री पद्मा अर्यालले सहकारी संघ संस्था प्रविधियुक्त हुनुपर्नेमा जोज दिनुभयो । उहाले भन्नुभयो–बैकको हैसियतमा स्थापित सहकारीले आफ्नो आर्थिक क्रियाकलाप सार्वजनिक गर्नुपर्ने उल्लेख गर्नुभयो । पुर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले सरकारको आर्थिकवृद्धी दरको लक्ष्य पुरागर्न संघले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा पुर्वमन्त्री एवं महासंघका पुर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, पुर्वमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, प्रदेश–३ नेपाली काग्रेसका सचेतक राधा घले, मत्य पालन केन्द्रीय संघका अध्यक्ष सरोजकुमार शर्मा, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गनर्’भएको थियो । सभामा संघका कोषाध्यक्ष पुष्प पौडेल, सचिव माघव तिमल्सिना लगायतले बोल्नुभएको थियो ।
संघले बहुउद्देश्यीय सहकारी संस्थाहरूको जिल्ला स्तरीय तथा प्रदेश स्तरीय संघ गठन गर्ने, वचत तथा ऋणको कारोवारलाई नियमित एंव प्रभावकारी रुपमा संचालन गरी वचत तथा ऋणको कारोवारमा बृद्धिगर्ने ,विभिन्न स्थानमा सेवा काउण्टरहरु संचालन गर्ने ,प्रारम्भीक तह देखि जिल्ला, प्रदेश, केन्द्रीय, राष्ट्रिय स्तर तथा देशका विभिन्न निकायहरूमा सहकारी संस्थाहरूको हकहित, संरक्षण र व्यवसाय प्रवद्र्धन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने ,पुर्वाधार विकासमा जोड दिने , राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग साझेदारी सम्बन्ध स्थापना गर्ने, बहुउद्देश्यीय सहकारी संस्थाहरूको दर्ता प्रकृयालाई सहजीकरण गर्न सहकारी विभाग र मन्त्रालयलाई मौखिक तथा लिखित रुपमा अनुरोध गर्ने योजना अघि बढाएको छ ।
त्यस्तै प्रारम्भिक सहकारी संस्थाहरुलाई एक आपसमा समायोजन (मर्ज) गर्न प्रोत्साहन गर्ने , प्रत्येक जिल्लामा जिल्ला स्तरीय संघ गठन गर्न विशेष पहल गर्ने ,७ वटै प्रदेशमा प्रदेश संघ गठन गर्ने,वचत तथा ऋणको कारोवार बृद्धि गर्न काठमाण्डौंको न्यूरोड र अन्य थप एक स्थानमा सुविधा काउण्टर संचालन गर्ने , विशिष्टिकृत संघ गठन गरी मेघा परियोजनाहरु संचालन गर्ने ,सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यविधि तयार गर्न बहुउद्देश्यीय सहकारी सस्थाहरुलाई सहयोग गर्ने ,सम्पत्ति शुद्धिकरण निर्देशिका२०७५ शंसोधन गर्न पहल गर्ने लगायतका योजना सार्वजनिक गरिएको थियो । ७७ जिल्लामा डिभिजन सहकारी कार्यालयहरु स्थापना गरी दक्ष जनशक्तिको व्यवस्थापन गराई स्थानिय तहसँगको समन्वयमा सहकारीको प्रर्वद्धन र बिकास गर्ने व्यवस्था मिलाउनु अपरिहर्य रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ४६ बजे