३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


रोशीका वडाध्यक्ष श्रीदास लामाको निधन



काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

लामाको आज काठमाडौँस्थित स्वयभूमा सामाजिक परम्पराअनुुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ । ६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ । एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहेका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।