३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भक्तपुर निलबाराही घटना : १०० रुपैयाँ खोसेर लिएपछि ढुंगाले हानेर हत्या 



भक्तपुर
भक्तपुरस्थित निलवाराही पिकनिकस्थलमा मृत अवस्थामा भेटिएका रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल यसै ठाँउमा बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई ढुंगाले हानेर गरिएको खुलेको छ ।
साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको रु १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।