२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजार उकालो यात्रामा, कारोबार रकममा भने गिरावट



काठमाडौं । अघिल्लो साता उच्च अंकले बढेको सेयर बजार (नेपाल स्टक एक्सचेञ्ज–नेप्से) आइतबार सामान्य करेक्सनपछि सोमबार पुनः तीव्र गतिमा उकालो लागेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२ अंकले बढ्दै २८९२ अंकको विन्दु पार गरेको छ। आइतबार भने नेप्से झिनो अंकले मात्रै बढेको थियो।

हालसम्मको तथ्यांक अनुसार सोमबार १५३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ९६ कम्पनीको सेयरमा गिरावट आएको छ।

यद्यपि, सेयर कारोबार रकममा भने आइतबारको तुलनामा गिरावट देखिएको छ। आइतबार २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने सोमबार सो घटेर १६ अर्ब ३२ करोडमा झरेको छ।

कारोबार रकमका आधारमा नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको ७५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आइतबार सोही कम्पनीको एक अर्ब बराबरको कारोबार भएको थियो।

यस दिन थ्री स्टार हाइड्रोपावर लिमिटेड, ट्रेट टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेड कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभल नजिक पुगेको छ। त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।

नेप्से परिसूचकको यो उतारचढावलाई लगानीकर्ताले बजारको सामान्य करेक्सनपछि पुनः वृद्धि हुने संकेतको रूपमा लिएका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।