२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला फुटबल टोलीकी कप्तान साम्बा सम्मानित



बागमती
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएकी छिन् । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटाँैंडामा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा हेटाँैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङले संयुक्त रूपमा कप्तान सम्बालाई सम्मान गरेका छन् ।

कार्यक्रममा कप्तान साम्बाले खेलकुदका लागि अनुशासन, लगनशीलता र अठोट जरुरी रहेको बताएकी छिन्  । नेपालमा फुलबल खेलाडी उत्पादनका लागि सबैको समन्वयमा अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेपाली फुटबलको भविष्य उज्वल रहेकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताएकी छिन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले देशको खेलकुद क्षेत्रमा साम्बाको योगदान प्रेरणादायी रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।