१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौं उपत्यकामा जग्गाको सरकारी मूल्य पुनःनिर्धारण, केही क्षेत्रमा २० प्रतिशतसम्म वृद्धि



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौं उपत्यकाभित्रका स्थानीय प्रशासनले जग्गाको न्यूनतम सरकारी मूल्यांकनमा मिश्रित नीति अपनाएका छन्। टोखा, बुढानीलकण्ठ, धापासी, तारकेश्वर, ललितपुर र भक्तपुरका केही स्थानमा मूल्य वृद्धि गरिएको छ भने केही क्षेत्रको मूल्य भने यथावत् राखिएको छ।

टोखा क्षेत्रका केही स्थानमा करिब १० प्रतिशत मूल्य वृद्धि गरिएको छ। बुढानीलकण्ठ, धापासी र तारकेश्वर नगरपालिकामा प्रमुख सडकदेखि बाटो नभएका जग्गासम्मको मूल्याङ्कनमा वृद्धि गरिएको हो।

नयाँ मूल्याङ्कनअनुसार:

धापासीको प्रस्तावित रिङरोडसँग जोडिएको जग्गा:

गत वर्षको ३८ लाख ४६ हजार प्रतिआना मूल्यबाट बढेर ४२ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

टोखा चण्डेश्वरीको मूल सडक:

प्रतिआना १० लाख ७२ हजार बाट ११ लाख ७९ हजार रुपैयाँ कायम।

ललितपुर प्रशासनले अधिकांश क्षेत्रमा मूल्य यथावत् राखे पनि सुनाकोठी र हरिसिद्धि क्षेत्रमा मूल्यमा उल्लेख्य वृद्धि गरेको छ।

हरिसिद्धिको मूल पिच सडकमा करिब २० प्रतिशत वृद्धि गरिएको छ।
अघिल्लो वर्षको १० लाख २० हजार प्रतिआना मूल्य अब १२ लाख २० हजार रुपैयाँ पुगेको छ।

भक्तपुर मालपोत कार्यालयले पनि छनोटपूर्ण वृद्धि गरेको छ।

मध्यपुर थिमीको दिव्यश्वरी क्षेत्रमा १–९ प्रतिशतसम्म वृद्धि।

अरनिको राजमार्गसँग जोडिएको क्षेत्रको मूल्य:
३३ लाख ५४ हजार बाट ३४ लाख ९६ हजार रुपैयाँ।

मूल्य निर्धारण कसरी हुन्छ?

हाल जग्गाको सरकारी मूल्यांकन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले दुई फरक उद्देश्यका लागि गर्ने गर्छन्:

घरजग्गा कारोबार तथा रजिष्ट्रेसन शुल्क प्रयोजनका लागि मालपोत नियमावली २०३६ अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समिति द्वारा निर्धारण गरिन्छ।

सम्पत्ति कर संकलन प्रयोजनका लागि स्थानीय तहहरूले न्यूनतम मूल्यांकन निर्धारण गर्छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।