२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बागमतीका मेयर भरतकुमार थापा भष्टाचारी ठहर, हेर्नुहोस् फैसला



काठमाडौं । विशेष अदालतले बागमती नगरपालिकाको करोडौं रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको ठहर गर्दै नगरप्रमुख भरतकुमार थापासहित तीन जनालाई ८ वर्ष कैद र करोडौं रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

विशेष अदालतका  अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नगरप्रमुख थापासँगै विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो। अदालतको फैसला अनुसार, उनीहरूले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेका थिए।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर भएका प्रत्येकलाई अदालतले ८ वर्ष कैद सजायका साथै १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा जरिवाना र बिगो बराबरको रकम असुल–उपर गर्न आदेश दिएको हो।

त्यसैगरी, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम प्रत्येक प्रतिवादीबाट ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा क्षतिपूर्ति राहत कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।