२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सुनको मूल्य १६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन २ लाख १० हजार ४ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा २ हजार ४९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २ हजार ५०० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ८१ हजार ७५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।