४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य बढेर पुग्यो तोलाकै दुई लाख १७ हजार



काठमाडौ
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार प्रतितोला रु दुई लाख १५ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५ सय ९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६ सय ८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।