काठमाडौ
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार प्रतितोला रु दुई लाख १५ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५ सय ९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६ सय ८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया