काठमाडौं । नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री–वितरण नरोकिने जनाएको छ।
निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताको सहजताको लागि सार्वजनिक बिदाका दिनहरूमा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाएको जनाएको छ। देशभरका १३ वटा डिपो खुला रहने निगमको जानकारी छ।








प्रतिक्रिया