२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एटिएमबाट अब एक दिनमा ५० हजार रुपैयाँ मात्र निकाल्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमामा कटौती गरेको छ। शुक्रबार भुक्तानी प्रणाली विभागले जारी गरेको नयाँ एकीकृत निर्देशनअनुसार अब डेबिट, प्रिपेड र क्रेडिट कार्ड प्रयोगकर्ताले कम रकम मात्रै झिक्न सक्ने भएका छन्।

नयाँ व्यवस्थाअनुसार एटिएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। प्रतिदिन अधिकतम ५० हजार रुपैयाँ र प्रतिमहिना अधिकतम ३ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरिएको छ।

यसअघि एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म झिक्न पाइन्थ्यो।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न र नगद कारोबार घटाउन यो सीमा घटाइएको जनाएको छ। नयाँ सीमा तत्काल कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।