काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले चिर–प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गर्दै लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।
आइतबार ओमानमा भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै युएई २० ओभरमा ९ विकेटमा १३९ रनमै रोकियो। अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा नेपाल विजयी भयो।
नेपालका दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटमा १४० रन बनाएको थियो। आसिफ शेखले ५१ रन, कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेलले २० रनको योगदान दिए।
यो जितसँगै नेपाल सुपर सिक्समा ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ। ओमान पनि समान ४ अंकसहित शीर्ष स्थानमा रहेको छ।








प्रतिक्रिया