२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल तेस्रो पटक टी–२० विश्वकपमा



काठमाडौं । नेपाली क्रिकेटमा अर्को ऐतिहासिक सफलता थपिएको छ। नेपालले सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि छनोट पक्का गरेको छ।

बुधबार ओमानमा सम्पन्न सुपर सिक्स चरणमा युएईले सामोआलाई पराजित गरेसँगै नेपाल अंकको आधारमा विश्वकपमा छनोट हुन सफल भएको हो। नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान सुरक्षित गरेका छन्।

सुपर सिक्समा नेपाल र ओमान दुवैले तीन खेलबाट समान ६–६ अंक जोडेका थिए। यो परिणामसँगै विश्वकपमा सहभागी हुने २० मध्ये १९ टोलीको छनोट पूरा भइसकेको छ भने बाँकी एक स्थान सुपर सिक्सका बाँकी खेलबाट तय हुनेछ।

नेपालले यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो। यसपटकको छनोटसँगै नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने देशको सूचीमा पर्‍यो।

क्रिकेट विश्लेषकहरूले यो उपलब्धिलाई नेपाली क्रिकेटको निरन्तर प्रगतिको संकेतका रूपमा लिएका छन्। अब नेपालले अर्को चरणमा तयारी सुरु गर्दै भारत–श्रीलंका विश्वकपमा बलियो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।