काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २७१ रनमै अलआउट भयो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ७५, करण केसीले ४९, र कुशल भुर्तेलले ४७ रन बनाए।
२७२ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २७३ रन पूरा गर्यो। साइतेजा मुक्कामल्लाले ७५ र मिलिन्द कुमारले ७० रन जोडे। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यो पराजयसँगै नेपाल लिग २ को सातौँ स्थानमै सीमित रह्यो।








प्रतिक्रिया