काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उत्साह देखिएको छ । लामो समय गिरावटमा रहेको शेयर बजार परिसूचक नेप्सेमा आज झण्डै ४० अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक ३९.९२ अंकले बढ्दै २६ सयको विन्दुमा उक्लिएको हो । त्यसो त यसदिन कारोबारमा समेत बढोन्नति आउँदै ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्डबाहेकका अरु सबै उपसमूह धनात्मक भएका छन् । जीवन बीमा समूह र इन्भेष्मेन्ट समूहको उपसूचक २ प्रतिशतमाथिले बढ्दा आज अरु प्रायः समूहहरुको उपसूचक १ प्रतिशतमाथिले बढेका छन् । आज २३७ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा १८ वटाको मात्र घटेको अवस्था छ ।
आज सागर डिस्टिलरीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७.६५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।








प्रतिक्रिया