काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै विशेष सुरक्षाविशेषतासहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।
साबिककै आकार र रङमा रहेको उक्त नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश उल्लेख गरिएको छ ।
नोटको बायाँपट्टि सगरमाथाको चित्र, दायाँपट्टि लालीगुराँसको पानीछाप राखिएको छ । बिचभागमा नेपालको नक्सा र अशोक स्तम्भ अंकित छन् । दृष्टिविहीनले सहजै पहिचान गर्न सकून् भनेर अशोक स्तम्भ छेउमा एक कालो थोप्ला राखिएको बैंकले जनाएको छ ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागमा नोटको सिरिज ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ ।
त्यसैगरी, बायाँतर्फ अण्डाकार आकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ । सुरक्षाका लागि २ मिमि चौडाइको विशेष धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ ।









प्रतिक्रिया