२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


काठमाडौं गोर्खाजले चितवनलाई ५३ रनले हरायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।

चितवनले निर्धारित १४३ रनको लक्ष्य पछ्याएको थियो, तर काठमाडौंका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण उनीहरू ८९ रनमै अलआउट भए। यस जीतसँगै काठमाडौं गोर्खाज ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ।

काठमाडौंले पहिले ब्याटिङ गर्दै १४२ रन जोड्यो। जोन सिम्पसनको अर्धशतकीय ६० रन र मिलिन्द कुमारको ३८ रनको योगदानले टोलीलाई बलियो स्कोरमा पुर्‍यायो। चितवनका बलर सोहेल तनवीरले ४, रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट लिए।

चितवनको इनिङ सुरु देखि नै दबाबमा रह्यो। देव खनाल र रवि बोपाराले २१–२१ रन बनाए, तर अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। काठमाडौंका लागि रसिद खानले ३ विकेट लिए भने कप्तान करन केसी, मिलिन्द कुमार र शाहब आलमले २–२ विकेट लिए। सन्तोष यादवको खातामा १ विकेट रह्यो।

यसअघि ५ खेल खेल्दै काठमाडौंले यो आफ्नो तेस्रो जीत हासिल गरेको छ भने ४ खेल खेलेको चितवन दुई हार र दुई जीतसहित ४ अंकमा चौथो स्थानमा छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।

चितवनले निर्धारित १४३ रनको लक्ष्य पछ्याएको थियो, तर काठमाडौंका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण उनीहरू ८९ रनमै अलआउट भए। यस जीतसँगै काठमाडौं गोर्खाज ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ।

काठमाडौंले पहिले ब्याटिङ गर्दै १४२ रन जोड्यो। जोन सिम्पसनको अर्धशतकीय ६० रन र मिलिन्द कुमारको ३८ रनको योगदानले टोलीलाई बलियो स्कोरमा पुर्‍यायो। चितवनका बलर सोहेल तनवीरले ४, रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट लिए।

चितवनको इनिङ सुरु देखि नै दबाबमा रह्यो। देव खनाल र रवि बोपाराले २१–२१ रन बनाए, तर अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। काठमाडौंका लागि रसिद खानले ३ विकेट लिए भने कप्तान करन केसी, मिलिन्द कुमार र शाहब आलमले २–२ विकेट लिए। सन्तोष यादवको खातामा १ विकेट रह्यो।

यसअघि ५ खेल खेल्दै काठमाडौंले यो आफ्नो तेस्रो जीत हासिल गरेको छ भने ४ खेल खेलेको चितवन दुई हार र दुई जीतसहित ४ अंकमा चौथो स्थानमा छ।

 

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।