काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले नेपालमा एक सय भारुभन्दा माथिका नोटहरु चलाउन दिने भएको छ। आरबीआईले भारतीय राजपत्रमा एक सूचना जारी गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो। भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा दुई हजार दरका नोट छापिएका थिए। सन् २०२३ देखि सो नोट समेत छापिन छाडेको छ।
अहिले एक सय दरमाथि पाँच सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा छ। यस्तै, नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने व्यवस्था छ। भारतको नोटबन्दी फुकुवा भएसँगै नेपाल भ्रमणमा आउने विदेशी साथै भारतीय पर्यटकलाई यात्रा गर्न सहज हुने भएको छ।








प्रतिक्रिया