२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हाजिरी जमानी छुटे प्रभु बैंकका सीईओ शेरचन



काठमाडौं । बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन २५ दिनपछि थुनामुक्त भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गर्न लागेको हो।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार अनुसन्धानको एउटा चरण पूरा भएको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी म्याद सकिन लागेकाले उनलाई छोडिएको हो।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।