बागमती
मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको निधन भएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा ट्रकसँग स्कुटर ठोक्किदा युवकको निधन भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मकवानपुरको बकैयाँ गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्कीका ५० वर्षीय अनुराग श्रेष्ठको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार जितपुरको भञ्ज्याङबाट ठिङ्गनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०९५२ नम्बरको ट्रक र मधेस प्रदेश ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।
यस्तै, हेटाँैडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर विद्युतको ट्रान्समिटर बनाउने कामदारको निधन भएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार विद्युत्को ट्रान्समिटर बनाउने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय आदर्श भट्टराईको निधन भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा निधन भएको हो ।








प्रतिक्रिया