२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


खरानी ग्याङको विवाद : अभिनेत्री स्वस्तिमा र निश्चल सामाजिक सञ्जालमा भाइरल



 

ललितखबर

गएको भदौं २४ गते सिंहदरवारलगायत सरकारी सम्पतीमा आगजनीको नेतृत्व गरेको खरानी ग्याङको नेता आरोप लगाउदै सामाजिक सञ्जालमा ट्रोल बनाइएका चलचित्र निर्देशक निश्चल बस्नेत आफ्नै श्रीमती स्वस्तिमा खड्काले समेत सो आरोपलाई पुष्टि हुने गरेर खरानी ग्याङको लिडर भन्दै बोलाएपछि विवादमा तानिएका छन् ।

विहीबार साँझ राजधानीको एक चलचित्र भवनमा अभिनेत्री स्वस्तिमाले चलचित्र निर्देशक समेत रहेका पनि निश्चललाई प्रिमियरमा लगेकी थिइन् । प्रिमियरमा तस्विर खिचाउने क्रममा फोटोपत्रकारहरुले निश्चलको समेत खोजी गरे । अभिनेत्री स्वस्तिमाले उनलाई संकेत गर्दै फोटो खिचाउन बोलाइन् । निश्चल नआएपछि खरानी ग्याङको लिड्र आउ भन्दै चिच्चाएपछि सो भिडियोको फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अभिनेत्री खड्काले २४ गतेको आगजनी घटनाको विषयलाई उछनल्दै निश्चललाई समेत सो घटनाको मतियारको रुपमा सार्वजनिक स्थलमा परिचय परिचय गराएपछि विभिन्न नकारात्मक कमेन्ट लेख्नेहरुको संख्या बढेको छ । यस घटनापछि उनीहरुको आलोचना बढ्दै गएको देखिन्छ ।
कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरुले खरानी ग्याङको नेता विवादका सम्बन्धमा दुबै जनालाईं पालै पालो प्रश्न गर्दा उनीहरुले ती टिप्पणीहरुप्रति आफूहरुले चासो नराख्ने प्रतिकृया दिएका थिए ।

 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।