१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


आज एकैदिन सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो



काठमाडौँ

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ ।

https://www.youtube.com/@lalitkhabar

आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ । आइतबार प्रतितोला रु चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।