३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नदि दोहनका लागि वागमती गाँउपालिकाद्बारा बोलपत्र आह्वान


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

ललितपुरको वागमती गाँउपालिका ३ भालुखोलामा वालुवा चालेपछि थुप्रिएको माटो र धमिलो खोला । तस्विर ः ललितपुर खबर

१५ असोज ०७७, ललितपुर । वागमती गाँउपालिकाद्घारा खानी खोलाको ढुंगा माटो उत्खनन गरी बेच्नका लागि बोलपत्र आह्वान गरको छ । गाँउपाालिकाद्घारा प्रकाशित सूचना अनुसार सुशील खड्काको वालुवा खानीलगायत अन्य ठाँउको समेत बालुवा माथि कर असुल्ने गरी बोलपत्र आह्वान गरिएको हो ।
नदि किनारबाट उठाइएको ढुंगा माटोको बार्षिक कर २ करोड १९ लाख ७६ हजार४ सय ९३ रुपैया नघट्ने गरी ठेक्काको बोल पत्र निकालिएको हो ।साथै वालुवा उत्खननका लागि न्युनमत् ५०लाख ८५ हजार ३१२रुपैया गरी खरुपेयाँ सहित बार्षिक गाँउपालिकालाई २ करोड ७० लाख ६१ हजार ८ सय ५ बुझाउनु पर्नेछ ।
वागमती गाँउपालिकाद्घारा कार्यविधि बनाएर सार्वजनिक खोलाको ढुंगामाटो ग्राइभेललगायत बस्तु निर्यातको लागि कर लगाउदै आएको छ ।
प्रारम्भिक वातावरणीय परिक्षण तथा नदिजन्य पदार्थ (संकलन तथा उपयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७७ अनुसार वोलपत्र आह्वान गरिएको सूचनामा उल्येख छ ।
गाँउपालिकाले खानीखोला वागमती दोवान,शिशा खानी यास्पा कलवन र मसनघाटलगायतको ठाँउबाट नदिजन्य पदार्थ ढुंगा माटो उठाउनका लागि कर असुल्नका लागि यो बोलपत्र आह्वान गरेको हो ।
नदिजन्य पदार्थ हुचिटार गिम्दी,खुर्मी,वालुवावगर,बगुवा वगर माल्टावगर र घुसेल बगर,अग्री खोला दोवान,भष्मे वगर १ र भष्मे वगर २ मा समेत ढुंगा ग्राइभेल उठाउन पाउने गरि यो बोलपत्र आह्वान गरेको हो । गाँउपालिकाले बोलपत्र निकाले अनुसार वागमती नदि किनारको घुसेलदेखि गिम्दीसम्म खोलाबाट ढुंगा माटो उठाउन पाइने छ ।
यता कलवनदेखि खानी खोला विद्युत् आयोजना, शिशा खानी,हुँदै बगुसम्मै ढुंगा माटो उठाउन पाइन्छ ।
पछिल्लो समय बगुवा र भालुुखोलामा वालुवा चाल्ने गरिएकाले झाँक्रिडाँडा, महाकाल खोल्चा,सोचेलगायतका स्थानीय बासिन्दाले खानेपानीबाट बञ्चित हुन गरेको भन्दै विरोध गर्दै आएका छन् । छपेलीस्थित सुशील खड्काको खानीमा वडाध्यक्ष विष्णु तिमल्सिना समेत पाटनर हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।