१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


प्रहरी वृत्त चापागाउँको कार्यालय भवन शिलान्यास



 

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त चापागाउँको कार्यालय भवन पुर्ननिर्माणका लागि शिलान्यास गरिएको छ ।

प्रदेश सरकार, गोदावरी नगरपालिका तथा स्थानीय नागरिकहरुको सहयोगमा सो भवन पुर्ननिर्माण गरिने बताइएको छ ।

२ करोड ५० लाख लागतमा प्रदेश सरकारको बहुवर्षीय बजेटबाट साडे २ तल्लाको भवन निर्माण गर्ने गरी जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख प्रबउ होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

ललितपुरका प्रहरी प्रमुख बोगटी, बागमती प्रदेशसासंद मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र प्रहरी बृत चापागाँउ कि प्रमुख शिला थापाले एक औपचारिक कार्यक्रमबीच भवनको शिलान्यास गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।