२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कोरोनाको जोखिम मोलेर दशैंमा घर नजान सरकारको उर्दी


१९ आश्विन २०७७, सोमबार  

0
Shares

दशैंको टिका जमरा । तस्विर ः प्रेम मोक्तान

१८ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको दसैंमा घर नजान उर्दी जारी गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा भएका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमले भने,‘यो बर्ष जहाँ छ, त्यहीँ स्थानमा मनाउन होला ।’ अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले यसपालीको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए ।
पछिल्लो दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको छ । मन्त्रालयले चाडबाडमा काठमाडौंबाट गाँउ जानेहरुले कोरोना फैलाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएकोले कोरोना फैलने खतरा ज्यादा छ । दशैं तिहार जस्ता पर्व मनाउन
अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ । आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन् । दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन् । विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।